हीरक जयन्तीमा एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई विशेष सम्मान गर्ने

नेकपा एमालेले पार्टीको हीरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ ।
शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रस्ताव प्रस्तुत गरिएको थियो । जसमा प्रतिनिधि परिषद् सदस्यहरुले सहमति जनाएका हुन् । प्रस्ताव पार्टीका तर्फबाट परिषद् बैठकको अध्यक्षता गरेका पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए ।

पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार हीरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताए ।

नेकपा एमालेले सोमबार पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर