पार्टी कार्यालय भवन निर्माण अभियानमा जुट्न सिंगो पार्टी पंक्तिलाई एमालेको आह्वान

नेकपा (एमाले) ले पार्टीको केन्द्रिय कार्यालय निर्माण अभियानमा जुटन पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको छ ।

आईतवार गोदावारीको सनराईज हलमा सम्पन्न पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा एमालेले पार्टीको केन्द्रिय कार्यालय भवन निर्माण अभियानका लागि रकम जम्मा गर्नका लागि क्युआर कोर्ड सार्वजनिक गर्दै सो प्रश्ताव गरेको हो । मुख्यतः पार्टी कार्यकर्ता र सहयोगीहरुबाट नै कार्यालय भवन निर्माण कार्य सम्पन्न गर्ने अभियान शुरु गरिएकाले त्यसमा साथ दिन पार्टीको सिंगो पंक्तिलाई आह्वान गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले पार्टीको क्युआर कोर्डमा तत्काल रकम जम्मा गरी पार्टी कार्यालय भवनको पहिलो दाता बन्न पनि पार्टी पंक्तिलाई आग्रह गरे । नविकरण र पार्टी सदस्यता बिस्तार गर्दाखेरी प्रत्यक पार्टी सदस्यबाट सय रुपैयाँ अनिवार्य रुपमा संकलन गर्ने प्रक्रिया जारी रहेको र त्यो भन्दा बाहेक पार्टी कार्यालय भवन निर्माण गर्नका लागि योगदान गर्न सक्नेहरुबाट पनि सहयोग लिएर आधुनिक र भव्य कार्यालय भवन बनाउने आफूहरुको योजना रहेको महासचिव पोखरेलले बताए ।

उनले भने, पार्टीको आफ्नै कार्यालय भवन हुनत हाम्रो पार्टीको दशौं राष्ट्रिय महाधिवेशनकै योजनाको अंग हो । कहाँ निर्माण गर्ने भन्ने खालको दुविधाका कारण हामी अगाडि बढ्न सकेका थिएनौं । अब हामीले त्यसको निष्कर्षमा पुगेका छौं । यद्यपि केही प्राविधिक काम बाँकि रहेका कारण अहिले हामी त्यो विषयको घोषणा गर्न गईराखेका छैनौं । तर हामी पार्टी कार्यालय भवन निर्माण पार्टी कार्यकर्ता र सहयोगीहरुबाटै गर्ने, जुन कुरा हामीले पार्टी सदस्यता नविकरण र पार्टी सदस्यता बिस्तारका अंग पनि बनाएका छौं । नविकरण र पार्टी सदस्यता बिस्तार गर्दाखेरी प्रत्यक पार्टी सदस्यबाट सय रुपैयाँ अनिवार्य रुपमा संकलन गर्ने भनेका छौं । त्यो प्रक्रिया जारी नै छ भन्ने मलाइ लाग्दछ । र त्यो भन्दा बाहेक पार्टी कार्यालय भवन निर्माण गर्नका लागि योगदान गर्नसक्ने जति कमरेडहरु हुुनुहुन्छ । मैले चाँही सय रुपैयाँ बुझाईसके भनेर त्यो दायित्वबाट पन्छिन मिल्दैन । त्यसमा अधिकतम योगदान गर्न सक्नुपर्दछ । त्यसका लागि हामीले पार्टीको खातामा जम्मा हुने गरी क्यूुारकोर्ड अहिले सार्वजनिक गर्न गईरहेका छौं । र म कमरेडहरुलाई भन्न चाहन्छु–यदि तपाईंहरु कसैले मोबाईल बैकिङ प्रयोग गरिराख्नुभएको छ भने आजैका दिन क्युआर कोर्डलाई सर्च गरिकन को पहिलो दाता बन्ने भन्ने प्रक्रियाबाट अधिकत डोनेट गर्ने प्रक्रियामा सामेल हुनुहुनेछ । र हामी यो अभियानलाई राष्ट्रव्यापी रुपमा गाउँगाउँ, बस्तीबस्तीसम्म लिएर जानेछौं । यो क्युआर कोर्ड कमरेडहरु सबैले सेभ गर्नुहुनेछ । र, सबै ठाउँमा उपलब्ध गराउनु हुनेछ । त्यसका आधारमा हामी सहयोग संकलन गर्नेछांै । र त्यो सहयोगको आधारमा पार्टीको आधुनिक र भव्य कार्यालय, समाज रुपान्तरण गर्ने एउटा सक्षम, निर्णायक शक्तिको पार्टी कार्यालय कस्तो हुनुपर्छ भन्ने कुराको आधारमा हामी पार्टी कार्यालय निर्माण गर्नेछौं । त्यो अभियानमा जुट्ने संकल्पका साथ अभियानमा जुट्न म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु ।

एमालेले पार्टी कार्यालय भवन बनाउने ठाउँ करिव निष्कर्षमा पुगेको जनाएपनि सार्वजनिक भने गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर