०८४ मा एमालेलाई बहुमतमा पु¥याउनेगरी काम गर्न वरिष्ठ नेता पोखरेलको निर्देशन

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पु¥याउनेगरी काममा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

आईतवार पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ सालमा पार्टीलाई बहुमतमा पु¥याउनेगरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । उनले नेकपा९एमाले० राष्ट्रिय शक्तिको रुपमा स्थापित भएको भन्दै एमालेलाई निर्णायक बिन्दुमा पु¥याउनुपर्ने आवश्यकता रहेको बताए । उनले एमाले बलियो भएमात्रै राष्ट्रिय शक्ति बलियो हुने भन्दै एमाले कमजोर हुँदा राष्ट्रिय शक्ति कमजोर हुने बताए । उहाँले एमालेलाई बलियो बनाउन विचारमा स्पष्ट, संगठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व पार्टीले खोजेको बताए । पार्टीलाई सुदृढ र मजबुत बनाउन नेतृत्वको आचरणहरुलाई पनि सुदृढ गर्नुपर्ने बताए ।

उनले भने – ‘नेकपा९एमाले० आफैँ एउटा राष्ट्रिय शक्ति हो । एमालेले राष्ट्रिय शक्तिको रुपमा भुमिका खेल्दैछ । तर निर्णायक रुपमा नेकपाएमाले रुपी राष्ट्रिय शक्ति निर्णायक बिन्दुमा पुग्नुपर्ने आवश्यकता छ । त्यसको लागि हामीले योजनावद्ध ढंगले आफूलाई अगाडी बढाउनु जरुरी छ । एमाले मात्रै होइन, अरु कतिपय त्यस्ता राष्ट्रिय शक्तिको पंक्तिमा पर्ने पक्षहरु पनि छन् । ति सबैलाई समेटेर लिएर जानुपर्ने दायित्व एमालेको काँधमा छ । म के आग्रह गर्न चाहन्छु भने कुल मिलाएर नेकपा९एमाले० बलियो भयो भने राष्ट्रिय शक्ति निर्णायक रुपमा बलियो हुनसक्छ । एमाले कमजोर भयो भने मुलुकको राष्ट्रिय शक्ति कमजोर हुनेछ । त्यसकारणले एमालेलाई बलियो बनाउने, सुदृढ गर्ने, विचारमा स्पष्ट, संगठनमा सुदृढ, जनतामा स्थापित भएको नेतृत्व एमालेले खोजेको चिज यही हो । यदि विचारमा लिरिबिरी गर्नेहरुको पंक्ति बढ्दै गयो भने एमाले कमजोर हुनेछ । संगठन सुदृढ भएन भने एमाले कमजोर हुनेछ । र जनतामा स्थापित भएको, लोकप्रियता प्राप्त गरेका व्यक्तिहरु नेतृत्वमा रहेनन् भने एमाले कमजोर हुनेछ । त्यसकारणले एमालेलाई सुदृढ गर्नु, मजबुत बनाउनु, विचार, संगठन, नेतृत्वमा उसका आचरणहरुमा सुदृढ गर्नु राष्ट्रिय शक्ति निर्माण गर्ने कुराको महत्वपूर्ण पक्ष हो । मिसन ०८४– एमालेलाई बहुमतमा पु¥याउने, त्यो भनेको एमालेरुपी राष्ट्रिय शक्तिलाई निर्णायक ठाउँमा पु¥याउने काममा हामी सबै लाग्नुपर्दछ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ताहरु पब्लिक अडिटमा रहने भन्दै पब्लिक अडिटमा बेरुजु निस्किने छुट आफूहरुलाई नभएको बताए । उनले व्यक्तिगत आचरण राम्रो बनाउन पनि आग्रह गरे ।

भुल सुधार : यसअघि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको फोटो हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर