अनलाईन सट्टेवाजीमा संलग्न १५ जना पक्राउ

नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीबाट विभिन्न अनलाईन माध्यमको प्रयोग गरि सट्टेवाजी (जुवा) खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा बर्दिया गुलरीया नगरपालिका-६ बस्ने ३८ वर्षीय बिराज पौडेल समेत १५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई सट्टेवाजीमा प्रयोग भएका मोबाइल ५६ थान, ल्यापटप १८ थान, पिओई स्विच १ थान, चार्जरहरूसहित पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न वेव पोर्टल मार्फत आइपिएल लगायत खेलहरूमा अनलाईन सट्टेवाजी गराएको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *