वामपन्थी एकता : ३ दल ३ तिर

नयाँ सत्ता समीकरण निर्माणसँगै पुनः वामपन्थी एकता हुने चर्चा भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ठूला वामपन्थी दलको सहकार्य र सहभागिताले वाम एकताको चर्चा चल्नु स्वाभाविक नै थियो । तर, तिनै प्रमुख दलहरू अहिले नै वामपन्थी एकता वा समाजवादी ध्रुवीकरणको सम्भावना नभएको निष्कर्षमा पुगेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा प्रमुख तीन कम्युनिस्ट पार्टी सहभागी छन् । प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सहित पाँच दलका बीचमा सत्ता सहकार्य सहमतिमा अगाडि बढेको छ ।

समाजवादी मोर्चामा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) पनि प्रचण्ड नेतृत्वको सरकारमा छ । सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द विप्लव नेृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि समाजवादी मोर्चामा छ । सत्ता सहकार्यमा भएको सहमतिले यी प्रमुख दलका बीचमा वामपन्थी एकता वा समाजवादी ध्रुवीकरण हुने सम्भावना भए पनि त्यसलाई नेताहरूले अस्वीकार गरेका छन् ।

नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रचण्डले गत २१ फागुनमा नयाँ सत्ता समीकरण निर्माण गरेका थिए । त्यसपछि अब वामपन्थी एकता वा समाजवादी ध्रुवीकरण हुने चर्चा राजनीतिक वृत्तमा भएको थियो । अधिकांश वामपन्थी दलहरू एकजुट भएपछि कतिपयले अब पुरानो ‘नेकपा’ ब्युँतिने समेत आँकलन गरेका थिए । सत्ता सहकार्यका लागि सहमत दलका कतिपय नेताले ‘वामपन्थी एकता तथा ध्रुवीकरणको सुरुवात’कै रूपमा सत्ता समीकरणलाई अथ्र्याएका थिए ।

तर एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरू नै वामपन्थी एकता तथा समाजवादी ध्रुवीकरण अहिलेकै अवस्थामा सम्भव नभएको निष्कर्षमा पुगेका छन् । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा एमाले अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा अहिले नै वामपन्थी एकता तथा समाजवादी ध्रुवीकरणको सम्भावना नभएको उल्लेख गरेका छन् ।राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर