ब्राजिलमा सन् २०२४ मा डेंगुका कारण एक हजार ६०० भन्दा बढीको मृत्यु

ब्राजिलमा यस वर्ष हालसम्म डेङ्गुका कारण एक हजार ६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ र थप दुई हजार ६१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । दक्षिण अमेरिकी देश ब्राजिलमा डेङ्गुको कुल ३५ लाख ३० हजार शङ्कास्पद घटनाहरू राष्ट्रव्यापी रूपमा रिपोर्ट गरिएको छ ।

डेङ्गु ज्वरोको घटना दर हाल ब्राजिलियाली बासिन्दाहरूमा प्रति लाख एक हजार ७४१ शङ्कास्पद सङ्क्रमित भेटिएका छन् ।

सन् २०२३ मा डेङ्गुका कारण एक हजार १७९ जनाको मृत्यु भएका थिए । सन् २०२४ को यो अवधिसम्म सङ्क्रमितको सङ्ख्या हेर्दा यो सरदर ३५ प्रतिशतले बढी हो ।

शुक्रबारसम्म अद्यावधिक गरिएको तथ्याङ्कअनुसार पुष्टि भएका सङ्क्रमितमध्ये ५५।२ प्रतिशत महिला यसबाट सङ्क्रमित भएका छन् । जनसाङ्ख्यिक समूहमा डेङ्गुको सबैभन्दा बढी असर २० देखि २९ वर्ष उमेर समूहभित्र परेको देखिन्छ ।

सरकारले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई पालना गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । डेङ्गु एडिस एजिप्टी लामखुट्टेको टोकाइबाट सर्छ र यो मानव स्वास्थ्यका लागि घातक जोखिम हुनसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर