कतारको राजा भ्रमणमा आउँदा भोलि सार्वजनिक बिदा

सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिर नेपाल भ्रमणमा आउने भएकाले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *