अर्थ सचिवमा मधु मरासिनीको सरुवा

सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मरासिनीको सरुवा गरेको हो ।

मरासिनी पेमेन्ट गेटवे अनियमितता प्रकरणमा मुछिएका थिए । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यसपछि निलम्बनमा परेका उनको निलम्बन अदालतले सफाइ दिएपछि फुकुवा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर