लगानी सम्मेलनका लागि कानुन संशोधन गर्न अध्यादेश राष्ट्रपतिलाई पेस गर्ने निर्णय

सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

उनले विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवद्र्धन प्रबलीकरण, पुनःस्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको नियमावली संशोधन गर्ने निर्णय भएको बताइन् ।

‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिज्युसमक्ष पेश गर्ने । राष्ट्रपतिसमक्ष यो अध्यादेश पेश भइसकेपछि यो जारी हुनेछ,’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर