हौसिएर कम्युनिस्ट एकता गर्ने पक्षमा छैनौंः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।

सोमबार ललितपुरको गोदावरीमा नेकपा एमालेको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पहिलाको जस्तो गरेर हतारमा, हौसिएर कम्युनिस्ट एकता भन्ने पक्षमा आफूहरु नरहेको जिकिर गरे ।

यसअघि कम्युनिस्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको उनले बताए । उनले अहिले कम्युनिष्ट पार्टीहरुबीच सहकार्यको शुरुवात भएको भन्दै जनतालाई र देशलाई राम्रो सेवा दिने अवसर रहेको बताए । उनले जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिष्टहरुको बीचमा स्वतः नै एकताको आधारभूमि तयार हुने दाबी गरे ।

उनले संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा इमानदार भएर लाग्नु आजको आवश्यकता भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर