नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सशस्त्रका इन्स्पेक्टर चन्दविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवा प्रवेश गरेको आरोपमा सशस्त्र प्रहरीका निरीक्षक (इन्स्पेक्टर) प्रकाशबहादुर चन्दविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसन युपीबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सशस्त्र प्रहरी परिचर पदमा नियुक्ति लिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार माथिल्ला विभिन्न पदका लागि समेत सोही प्रमाणपत्र पेस गरी उनले बढुवा पाएको र सरकारी सेवासुविधा लिँदै आएका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम चन्दलाई कैद र जरिवाना अख्तियारले मागदाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर