गौहत्या विरुद्ध राष्ट्रिय एकता अभियानद्धारा नेपालगञ्जमा प्रदर्शन

गौहत्या विरुद्ध राष्ट्रिय एकता अभियानद्धारा नेपालगञ्जमा प्रदर्शन गरेको छ ।

अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा प्रदर्शन गरिएको हो । ५ महिनाकी गर्भवती गाईको हत्या भएको खबर बाहिर आएपछी हत्यारालाई कार्वाहीको माग गर्दै प्रदर्शन गरिएको यादवले बताए । गौहत्याले हिन्दु समुदायको धार्मिक आस्थामा चोट पुर्‍याउने र धार्मिक सहिष्णुतामाथी प्रहार गरेको बताए ।

अभियानले हिन्दू समुदायको आस्था र भावनामा प्रहार भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय नेपालगञ्जका प्रमुख जिल्ला अधिकारी श्रावण कुमार पोखरेललाई गौहत्यामा संलग्नलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र समेत बुझाएको छ।अभियानका बाँके जिल्ला संयोजक राजकुमार रौनियारद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ,  ‘हामी, राष्ट्रिय एकता अभियानले नेपालको हिन्दू भावनामाथि बारम्बार भइरहेको हमला सम्बन्धमा तपाईंको ध्यानाकर्षण गराउन चाहन्छौं। नेपालगञ्ज वडा नम्वर १४ मा भर्खरै ५ महिनाकी गर्भवती गाईको हत्या भएको खबर आएको छ । यो कार्यले हिन्दू समुदायको धार्मिक आस्थामा चोट पुर्‍याउने मात्र होइन, हाम्रो धार्मिक सहिष्णुताको भावनामा पनि प्रहार भएको देखिन्छ । यस जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई तुरुन्त र कडा कानुनी कारबाही गर्न हामी आग्रह गर्दछौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *