वैदेशिक र आन्तरिक लगानीमा राजनीतिक दलहरुका प्रतिवद्धताहरु समान छन् : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनलाई सफल बनाउनका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा रहेको बताएका छन् । सोमबार काठमाडौंमा लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कुनै राजनीतिक दल, सरकार र गठबन्धन विशेषको लगानी सम्मेलन नभएकाले देशको हित हुने काममा सबै राजनीतिक दलहरू एक ठाउँमा रहेको जिकिर गरे ।

उनले सत्तापक्ष, प्रतिपक्ष र कहिले गठबन्धनमा भए पनि वैदेशिक लगानी र आन्तरिक लगानीमा राजनीतिक दलहरूका प्रतिवद्धताहरू समान रहेको बताए । उनले लगानी सम्मेलनमा सत्तापक्ष र प्रतिपक्ष भन्ने भाव नरहने दाबी गरे । उनले प्रतिवद्धताहरू, नीतिका निरन्तरताहरू लगानी सम्मेलनमा देख्न सकिने बताए । उनले सत्ता समीकरण परिवर्तन भएका बेलामा नेपाल देशको नीति परिवर्तन नभएको भन्दै लगानीका लागि सरकारले आवश्यक वातावरण बनाउने बताए ।

अर्थमन्त्री पुनले लगानीकर्ताहरूले प्रतिवद्धता व्यवहारमा देखाउने कुरा र नीतिको निरन्तरतामा विशेष जोड दिएको बताए । उनले नेपालमा रहेका लगानीकर्ताहरूको मनोबल उच्च भयो भने र उत्साहित भए भने मात्रै अरु लगानीकर्ता आउने भएकाले सरकार त्यसमा लागिरहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर