जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

जनकपुरको एक होटलमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ । रामानन्दचोकस्थित होटल होलिडे एण्ड गेष्ट हाउसमा उनीहरु मृत फेला परेका हुन् ।

धनुषा प्रहरीका अनुसार मृत भेटिनेमा महोत्तरीको पिपरा–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी–४ की २५ वर्षीया प्रियंका कापर छन् ।

कोठामा महिलाको साढे २ वर्षकी छोरी पनि फेला परेको प्रहरीले जनाएको छ । उनीहरुदेखि ४ दिनदेखि होटलमा रहेको तर एकआपसमा श्रीमान्श्रीमती नरहेको प्रहरीले जनाएको छ ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर