राष्ट्रपतिसँग भेटवार्ताका लागि कतारका राजा शीतल निवासमा

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग द्विपक्षीय शिष्टाचार भेटवार्ताका लागि शितल निवास पुगेका छन् ।

आज काठमाडौंमा आइपुगेका अलथानीलाई राष्ट्रपति पौडेललगायत शीर्षस्था नेताले स्वागत गरेका थिए । विमानस्थलमा विशेष सम्मानपछि कतारका राजा अल थानी शीतल निवास प्रस्थान गरेका हुन् ।

त्यहाँ भेटवार्तापछि अल थानी सोल्टी होटलमा जाने र त्यहाँ राष्ट्रपति पौडेलले रात्रिभोज आयोजना गर्नेछन् ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी दुई दिने नेपाल भ्रमणमा आएका हुन् । कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर