सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन इभन–पार ६८ को स्कोरमा भुवन नगरकोटी शीर्षस्थानमा रहेका छन ।

उनले रवि खड्का, भुवन कुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका छन। रवि, भुवन र निरजले भने पहिलो दिनको खेल १ ओभर ६९ मा सकाउँदै संयुक्तरुपमा दोस्रो स्थान बाँडे। २ ओभर ७० को नतिजामा पुर्ण प्रसाद शर्मा, धन बहादुर थापा, जयराम श्रेष्ठ, सञ्जय लामा र दिनेश प्रजापतिले संयुक्तरुपमा पाँचौं स्थान बाँडे। पशुपति शर्मा ३ ओभर ७१ को स्कोरमा दशौं स्थानमा रहेका छन ।

पहिलो दिन शीर्षस्थानमा रहेका भुवन नगरकोटीले फ्रन्ट नाइन २ ओभर ३६ मा सकाए। दिनको सुरूवात बर्डीबाट गरे। पहिलो होलमा बोगी प्रहार गरेपनि दोस्रो, तेस्रो र नवौं होलमा बर्डीको सामना गरे। ब्याक नाइनमा भने उनी सम्हालिए। १०औं, ११ औं र १५औं होलमा एक/एक सट बचाए भने १७औं होलको बोगीले ब्याक नाइन २ अन्डर ३२ मा पुरा गरे। इभन–पार ६८ नै पहिलो दिनको उत्कृष्ट स्कोर कार्ड बन्यो ।

रविले सुरूवात खराब गरे। दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बोगी खेल्दै फ्रन्ट नाइन ४–ओभर ३८ मा सकाए। यसपछि भने खेलमा सुधार ल्याए। १२औं, १३औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे र ब्याक नाइन ३–अन्डर ३१ पुरा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर