कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसद सचिवालयले सर्वोच्चको आदेशअनुसार गुरुङको निलम्बन फुकुवा गरेको हो ।

मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित भएका थिए ।

विशेष अदालतले गुरुङले भ्रष्टाचार गरेको ठहर गरे पनि जेल सजाय तोकेको थिएन ।

सर्वोच्च अदालतले गुरुङले दायर गरेको रिट निवेदनमा उनको निलम्बिन फुकुवा गर्न आदेश दिएको थियो । सोहीअनुसार गुरुङको निलम्बिन फुकुवा गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *