योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्योः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले अर्थ विज्ञ, योजना विज्ञहरुले देशका विकासका समस्या पहिचान गरी समस्यालाई पहिल्याउन नसकेको बताए । हचुवा पाराले काम गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ छ ।

‘हामीले हवाई मैदान त बनायौँ, तर जहाँ बनाउनुपर्ने हो, पहिलो प्राथमिकता दिनुपर्ने हो, त्यो छैन, गेम चेन्जिङ प्रोजेक्ट केके हुन् त ? प्रत्यक्ष प्रभाव पार्नसक्ने क्षेत्र कुनकुन हुन्, त्यसको अध्ययन हामीले गर्नसक्यौँ की सकेनौँ । मैदान होस् वा चाहे अरु कुनै क्षेत्रमा लगानी गर्ने कुरा होस् । त्यसमा अध्ययन हुनुपर्छ,’ नेपालले भने ।

पूर्वप्रधानमन्त्री नेपालले कृषिको निम्ति व्यापक योजना आउनुपर्ने आवश्यकता रहेको बताए । कृषिको व्यापकतामा ध्यान दिएर अघि बढ्न, सिंचाईको राम्रो व्यवस्था गर्न, मलको राम्रो बन्दोबस्त गर्नुपर्ने, आधुनिक बीउबिजनको व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर