इलाम र बझाङमा आज मतदान, सुरक्षा व्यवस्था कडा

प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नं. १ (१) मा शनिबार निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाइने आयोगले जनाएको छ।

नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानका लागि इलाम-२ मा निर्वाचन हुन लागेको हो। यस्तै कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधनका कारण रिक्त बझाङ-१(१) मा निर्वाचन हुन लागेको हो

प्रतिनिधिसभातर्फ इलाम-२ मा १९ र प्रदेश सभातर्फ बझाङमा १ (१) मा ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। इलाम-२ मा एक लाख १५ हजार ८८९ मतदाता छन्।बझाङ-१ (१) ६१ हजार ७४८ मतदाता छन्।

आयोगका अनुसार इलाम २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र छ। तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन्।

बझाङ १ (१) ७४ मतदानस्थल र ९३ मतदान केन्द्र छ। त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन्।

दुवै जिल्लाका स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मजबुत पारेको दाबी गरेका छन्। आयोगले पनि निश्चिन्त भएर मतदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *