इलाम उपनिर्वाचन अपडेटः २२ प्रतिशत मतदान, उच्च सुरक्षा अधिकारी अनुगमनमा

इलाम–२ मा भइरहेको प्रतिनिधिसभाको उपचिर्वाचनमा बिहान ११ बजेसम्म २२ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले मतदान केन्द्रहरुको कतै अझै बढी र कतै कम मतदान भएको र औसमा २२ प्रतिशतसम्म मत खसेको बताए ।

इलाम–२ मा एमाले नेता तथा सांसद सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन भइरहेको हो । उपनिर्वाचनलाई लक्ष्य गरी उच्चपदस्थ सुरक्षा अधिकारीहरु अनुगमनमा पुगेका छन् ।

नेपाली सेनाका २१ नम्बर बाहिनीका प्रमुख सहायक रथी युवधिर मान सिं अधिकारी, प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ र सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डीआईजी अञ्जनीकुमार पोखरेलसहितको टोली अनुगमनका लागि इलाम पुुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *