निर्वाचन आचारसंहिता उल्लंघन गरेर रास्वपा उम्मेदवार लिम्बूले गरे मतदान

इलाम–२ मा आज भइरहेको प्रतिनिधि सभाको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।

लिम्बूले मतदान गर्ने क्रममा चुनाव चिह्न घन्टी अंकित भएको ब्याज लगाएका थिए । मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिह्न अंकित पोशाक वा ब्याज लगाउन नपाइने निर्वाचन आयोगको व्यवस्था छ ।

इलाम–२ मा एमाले नेता तथा सांसद सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *