वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २ सय ५ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रन बनाएको हो ।

नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेजले ७४ रन बनाए । कडिम एलेनले १४, अलिक अथान्जेले ४७, आन्द्रे फ्लेचरले १३ र केसी कार्टिले ३८ रन बनाए ।

नेपालका लागि कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान १–१ विकेट लिए ।

नेपालको टोलीमा कुशल भुर्तेल, अनिल कुमार शाह, रोहित कुमार पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा छन् ।

वेस्ट इन्डिज ए टोलीमा जोन्सन चाल्र्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए, ओशेन थोमस छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *