सशस्त्र प्रहरीले यसरी गर्दै छ विपद् उद्धारको पूर्वतयारी

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयले मनसुनको सुरुवातसंगै घट्न सक्ने बाढी, पहिरो, डुबान एवं विपद्का घटनाहरुमा प्रतिकार्य गर्न चुस्त रुपमा परिचालन हुनको निमित्त पूर्व तयारी कार्यक्रम गरेको छ ।

काठमाडौंको टौदहमा सञ्चालित बाहिनी स्तरीय विपद् प्रतिकार्य अभ्यास ‘मनसुन २’ कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा गृह मन्त्रालयका अधिकारी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिलगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधि एवं स्थानीय जनप्रतिनिधिहरु सहभागी थिए ।

अभ्यासको मुख्य उद्देश्य सम्भावित विपद्का घटनामा प्रतिकार्यको लागी तयार रहन फौजको क्षमता अभिवृद्धि र सामग्रीहरुको अद्यावधिक गर्न, सरोकारवाला निकायबीच समन्वय कायम गर्न, ज्ञान आदानप्रदान गर्न र विपद्को समयमा यसले पु¥याउन सक्ने क्षति न्यूनीकरण गर्न प्रभावकारी रुपमा तत्काल टोली परिचालन गर्नु रहेको थियो ।

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले विपद् प्रतिकार्यमा सम्वद्ध सम्पूर्ण सरोकारवाला निकायहरुबीच सहकार्य र समन्वयको भावना विकास होस् भन्ने अभिप्रायले सशस्त्र प्रहरी बल, नेपालले विभिन्न विपद्जन्य घटनाहरु जस्तै आगलागी, सडक दुर्घटना, जल उत्पन्न प्रकोप, भूकम्प जस्ता विपद्जन्य घटनाहरुमा खोज तथा उद्दार कार्यलाई चस्तदुरुस्त एंव थप प्रभावकारी बनाउनको निमित्त समयसमयमा यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएको बताए ।

गत आर्थिक बर्षमा सशस्त्र प्रहरी बल, नेपालले देशभर रहेका ईकाइहरु मार्फत जम्मा ३ सय ६१ वटा एकलका सार्थ संयुक्त रुपमा पनि उद्धारकार्य गरेको थियो । यस आर्थिक वर्षमा पनि १ हजार ४ सय ३ वटा घटनाहरुमा कुल १८ हजार ९ सय ६२ जना सशस्त्र प्रहरी बलको जनशक्त देशभर रहेका ईकाईहरु मार्फत परिचाल भएको दाहालले जानकारी दिए ।

सो अवसरमा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले धन्यवाद ज्ञापनको क्रममा विपद् जोखिम न्यूनीकरण गर्ने तथा तयारी गर्ने कार्यमा स्थानीय तह र सरोकारवाला निकायहरुसँग बाहिनी तथा मातहत कार्यालयहरु सदैव समन्वय तथा सहकार्य गर्न तयार रहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *