बलात्कार मुद्दामा सिद्धबाबालाई झिकाउन अदालतको आदेश

जबर्जस्ती करणी मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई झिकाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ ।

न्यायाधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजलासले शुक्रबार प्रतिवादी सिद्धबाबालाई झिकाउन आदेश दिएको हो । बलात्कार मुद्दामा उनलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो ।

जिल्लाको फैसलाविरुद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएको थियो ।
पुनरावेदनमा सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार गिरीलाई अदालतमा बोलाउने आदेश गरेको हो ।

गिरीमाथि २०७६ कात्तिक ४ मा सुनसरीको चतरास्थित आश्रममा एक अनुयायीलाई जबर्जस्ती करणी गरेको अभियोग छ ।

काठमाडौँकी ती महिलाले आफ्नो उजुरीमा गिरीले आफ्नो कुटीमा बोलाएर करणी गरेको उल्लेख गरेकी छन् । उनले २०७६ मंसिर ११ मा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *