पर्सा प्रहरीले मध्यरातमा गोली चलाएर खुँखार अपराधी बब्लुलाई नियन्त्रणमा लियो

प्रहरीले काठमाडाैंमा एकजना ब्यक्तिकाे हत्यामा संलग्न आराेपीलाई मध्यरातमा गाेली हानेर नियन्त्रणमा लिएकाे छ। जिल्ला प्रहरी कार्यालय पर्साकाे विशेष टाेलीले भारतमा कुख्यात बब्लु पासवानलाई गाेली हानेर नियन्त्रणमा लिएकाे हाे।

काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न आरोपी भारतीय नागरिक बब्लु पासवानलाई गोली हानेर नियन्त्रणमा लिएको एसपी कुमोध ढुंगेलले बताए ।

पर्सा प्रहरीको चेकजाँचका क्रममा भाग्न खोजेपछि पासवानलाई प्रहरीले गोली हानेको हो । प्रहरीले हानेको गोली उनको देब्रे खुट्टामा लागेको छ भने उनलाई उपचारका लागि प्रहरीले नारायणी अस्तालमा लगेको छ । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको छ ।

पासवान नेपाल छिरेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्साका एसपी कुमोध ढुंगेलले बताए। त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए ।

प्रहरीका अनुसार, पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा दुई वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा २०७९ असोजमा गोली प्रहारबाट मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । यो घटनाका उनी मुख्य योजनाकार रहेको प्रहरीको भनाइ छ । उनी मारिएपछि भारतीय सञ्चारमाध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो ।

उक्त घटनामा मोहम्मदको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको थियो भने उपचारको क्रममा उनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर