बझाङ मतगणना अपडेट : २३,३७३ मत गन्दा कसको कति मत ?

बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले २५९ मतले अग्रता बनाएका छन् ।

सोमबार बिहानको अद्यावधिक विवरणअनुसार सिंहले ८ हजार ८७४ मत पाउँदा एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार ६१५ मत पाएका छन् ।

यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार २१५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३१० मत पाएका छन् ।

हालसम्म सो निर्वाचन क्षेत्रमा २३ हजार ३७३ मत गणना सकिएको छ । बझाङमा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर