बझाङमा एमालेका दमनबहादुर भण्डारी विजयी

बझाङको प्रदेश सभा सदस्यको उपनिर्वाचनमा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ११ हजार ६ सय १२ मत ल्याउँदै विजयी भएका हुन् ।

कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत ल्याए । तेस्रो स्थानमा माओवादीका जनक बुढाले ३ हजार ८ सय ३१, चौथो स्थानमा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याएका छन् ।

कांग्रेस प्रदेश सांसद पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । त्यतिबेला सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने एमालेका अभिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए ।

हाल कांग्रेसका उम्मेदवार अभिषेक पृथ्वीबहादुरकै छोरा हुन् । उपनिर्वाचनमा ११ जना प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *