झापामा गाेली हानेर लागूआ‍ैषध काराेबारीलाई नियन्त्रणमा लिइयाे

प्रहरीले झापामा गोली हानेर लागूआ‍ैषध कारोबारीलाई नियन्त्रणमा लिइएको छ । आज (सोमवार) साँझ करिब ६ बजे प्रहरीले गोली हानेर लागूआ‍ैषध कारोबारीमा संलग्न २५ वर्षीय सरिफुल आलमलाई नियन्त्रण लिएको हो ।

झापा गाउँपालिका ३ कामाटोली स्थित अक्कल बहादुर बिश्वकर्माको घरको तेश्रो तल्लामा लागुऔषध कारोबार भइरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले आलमलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथी आक्रमण गरेपछि प्रतिरक्षा स्वरुप प्रहरीले गोली चलाएको जनाइएको छ ।

गोली प्रहारबाट उनको बाँया खुट्टाको तिघ्रा र पिडुलामा २ राउण्ड गोली लागि घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर झापा लगिएको प्रहरीले जनाएको छ । साथै आलमको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, दाउ १ थान र खुकुरी १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर