मटिहानीका अग्नी पीडितलाई नेपाल भारत मैत्री संघद्धारा राहत वितरण

नेपाल भारत मैत्री संघले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई राहात वितरण गरेको छ ।

संघका महासचिव बोधकृष्ण सुवेदीका अनुसार आगलागीबाट पिडित १०५ परिवारलाई राहात स्वरुप लत्ताकपडा वितरण गरिएको हो । लत्ताकपडा अन्तर्गत २१० वटा झुल, तन्ना, लुंगी, भेष्ट, साडी, ब्लाउज, पेटीकोट वितरण गरिएको उनले बताए । विपदको समयमा थोरैभएपनि पिडितहरुलाई राहात स्वरुप सहयोग गरिएको सुवेदीले बताए ।

जरलहवा टोलमा यही वैशाख १२ गते आगलागी भएको थियो । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका थिए । यसबाट चार सय ५५ जना प्रभावित भए भने सोही आगलागीले पाँच वटा बाख्रा, दुई वटा सुँगुर जलेर नष्ट भएका थिए ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *