सुदूरपश्चिमका मुख्यमन्त्रीले वैशाख २१ मा विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ (शुक्रबार) विश्वासको मत लिने भएका छन् । मंगलबार सत्तारुढ गठबन्धनका दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने दिन तोकेको हो ।

एकीकृत समाजवादीका सोडारी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य समर्थनमा यही वैशाख ६ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेश सरकारमा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् । एमाले र माओवादीले भने मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागिता जनाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर