नागरिक उन्मुक्तिकी थापा सुदूरपश्चिमको कृषिमन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापा नियुक्त भएकी छन् । उनले आजै प्रमुख नजिर मियाँबाट पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

आगामी शुक्रबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज मन्त्रीमण्डल विस्तार गरेका हुन् । यसअघि उन्मुक्तिकै कैलाश चौधरी पनि भौतिक तथा पूर्वाधार मन्त्री बनिसकेका छन् ।

एकीकृत समाजवादीका सोडारी यही वैशाख ६ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्ति भएका थिए । एमाले र माओवादी सरकारमा सहभागी भइसकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *