‘लु’बाट बच्न यस्ता कुरामा ध्यान दिऔं

अहिले गर्मीयामको मौसम छ । यो मौसममा तातो हावा चल्छ । अत्यधिक गर्मीले लु लाग्ने हुन्छ । गर्मी बढेसँगै स्वास्थ्यमा हुने एउटा प्रतिकूल अवस्थालाई नै ‘लु’ लाग्नु भनिन्छ ।

अत्यधिक गर्मी हुने स्थानमा तातो बतास चलेको हुन्छ । यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले मूच्र्छा पर्ने वा बेहोस हुने हुन्छ । लु लागेर मानिसको तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ । त्यसैले यो समयमा स्वास्थ्यको विशेष हेरचाह गर्नुपर्ने हुन्छ ।

यस्ता समस्या देखिन सक्छ

मुटुको गति तीव्र हुने

श्वासप्रश्वासमा समस्या आउने

अत्यधिक टाउको दुख्ने

रिँगटा लाग्ने, बेहोस हुने

आँखा पोल्ने

छाला सुख्खा, रातो हुने

शरीर तातो हुने, उच्च ज्वरो आउने

शरीरबाट पसिना ननिस्कने

के गर्ने ?

दिउँसो तातो हावा चलेको समयमा बाहिर नहिँड्ने, हिँड्नै परे पातलो कपडाले टाउको छोप्ने छाता ओढेर हिँड्ने

चिसो पानीले नुहाउने

चिया, कफि, पेय पदार्थ नपिउने

प्रशस्त पानी पिउने

खेतबारीको काम सकभर बिहान बेलुका मात्र गर्ने ।

फलफूल खाने ।

मदिराको सेवन नगर्ने ।

जथाभावी औषधि प्रयोग नगर्ने ।

कुनै समस्या देखिहालेमा चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर