कतारबाट फर्केका यादवलाई बन्धक बनाउने दुई पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार कतारबाट काठमाडौंमा आएका सिकेन्द्र यादवलाई अपहरण गरी कुटपिट गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलबार पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले पक्राउ पर्नेमा सर्लाही मलंगवा–३ का २५ वर्षका अजिम अली र वर्ष २५ कै सोही स्थानका एमडी शनि अलाही रहेको बताए ।

कतारबाट फर्किंदा कतारमा बस्ने मन्सुर अली नाम गरेका व्यक्तिले २५ ग्राम सुन दिई आफ्नो भतिज अजिम अलीलाई दिनु भनी मोबाइल नम्बर दिइपठाएको र पीडित काठमाडौंमा आएपछि अजिम अलीलाई फोन गरी सामान लिन बोलाएकोमा अर्कै मान्छे आई रिसिभ गरेको प्रहरीले जनाएको छ ।

अलीले सुन आफूले नपाएको भनी आफू बस्ने डेरा सिनामंगलमा यादवलाई जबर्जस्ती लगी कुटपिट गर्नुका साथै पीडितकी श्रीमतीलाई ४ लाख ८० हजार रकम दिएपछि मात्रै छोड्ने भनी धम्की दिएका थिए ।

प्रहरीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको र उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर