पर्वतमा दम्पती हत्यामा संलग्न २ जना पक्राउ

र्वतमा झन्डै एक महिनाअघि भएको दम्पती हत्यामा दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संलग्न रहेको आरोपमा पर्वतकै ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र ३२ वर्षीय दीपक दर्जी रहेका छन् ।

पर्वतको जलजला गाउँपालिका-२ दहमा गते चैत १९ गते ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६३ वर्षीया गमला घर्ती क्षेत्री हत्या भएको अवस्थामा आफ्नै घरमा भेटिएका थिए ।

पक्राउ परेका कृष्ण जलजला-२ नेपानेका हुन् भने पर्वतको कुश्मा-२ फुर्कोट स्थायी घर भएका दीपक कास्कीको पोखरा-८ नयाँ बजारमा बस्दै आएका थिए। लुटपाटको उद्देश्यले दम्पतीको हत्या भएको सीआईबीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर