उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सम्म ठिक हुन्छन् : सांसद खतिवडा
नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा कांग्रेस र एमाले नै मुलधारका पार्टीहरु हुन् भन्ने प्रमाणित गरेको बताएका छन् ।
मंगलवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले उपनिर्वाचनको मत परिणामले नेपाली राजनीतिमा कांग्रेस र एमाले नै मुलधारका पार्टी हुन् भन्ने प्रमाणित गरेको बताएका हुन् । उनले निर्वाचनले धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको टिप्पणी गरे। उनले ईलाममा एमाले महागठबन्धन बनाएर निर्वाचनमा गएकाले जितेको बताए । उनले उपनिर्वाचनबाट कांग्रेस, एमाले स्थापित भएका र चटकेहरु साइडमा आएका बताए । सांसद खतिवडाले २०८४ सालसम्म चटकेहरु ठिक हुने टिप्पणी गरे।
उनले भने, ‘निर्वाचन परिणाम आइसक्यो । राम्रो भएको छ । अहिलेका धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको छ । नेपालमा राजनीति गरेका दुईवटा पार्टीहरु नेपाली कांग्रेस र नेकपा (एमाले) नै मेनस्ट्रिमका पार्टी हुन् भन्ने अहिले प्रमाणित गरेको छ ।’
उनले हार व्यहोरेपनि नेपाली कांग्रेसको मत कमजोर नभएको बताए । सम्मानजनक मत आएको उनको भनाई छ ।
- काठमाडौं महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव
- विद्युत प्रशारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता आवश्यक : निजी क्षेत्र
- कोशीमा मन्त्रीमण्डल बिस्तार, मुख्यमन्त्रीसहित १० सदस्यीय बन्यो मन्त्रिपरिषद्
- बैंकहरुको ऊर्जामा लगानी हरेक वर्ष २ प्रतिशतले वृद्धि गरी १० वर्षमा २० प्रतिशत पु¥याउने नीति आवश्यक : अध्यक्ष कार्की
प्रतिक्रिया