सिधाकुराविरुद्ध सर्वोच्चको आदेशप्रति प्रेस युनियन र प्रेस चौतारीको ध्यानाकर्षण

पत्रकारहरुको संगठन नेपाल प्रेयस युनियन र प्रेस चौतारी नेपालले सर्वोच्च अदालतले दिएको आदेशप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार प्रेस युनियनका महासचिव दिलिप पौडेल र चौतारीका उपमहासचिव शुरोजङ्ग पाण्डेले जारी गरेको विज्ञप्तिमा उक्त आदेशप्रति ध्यानाकर्षण भएको जनाएको जनाएको हो ।

युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिधाकुरा डट कम अनलाइनमा प्रकाशित ‘द डार्क फाईल’सञ्चार सामग्रीको ‘तथ्य जाँच नगरी’ सामग्री हटाउन प्रेस काउन्सिल नेपालले दिएको निर्देशन र सर्वोच्च अदालतको आदेशप्रति नेपाल प्रेस युनियको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेपालको संविधानको मौलिक हकअन्तगर्त धारा १९मा सञ्चारको हकअन्तर्गत विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्वप्रतिबन्ध नलगाइने सुनिश्चत गरेको छ । प्रकाशन, प्रसारण गरेबापत प्रतिबन्ध नलगाउने, छापा वा अन्य सामग्री जफत नगर्ने, दर्ता खारेज नगर्ने व्यवस्था छ ।

सर्वोच्च अदाललते सोमबार उक्त अनलाइनले प्रकाशन गरेको समाचार २४ घण्टाभित्र हटाउन आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *