कस्तो रहला आजको मौसम ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको  छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति कोशी, गण्डकी  र कर्णाली  प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।  कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावा–हुरीको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर