नबिल बैंकमा एक करोड ३४ लाख चोरी गर्ने चार जना पक्राउ

वीरगन्जस्थित नबिल बैंकको शाखाबाट रकम चोरी गर्नेहरू पक्राउ परेका छन् । पर्सा प्रहरीले १ करोड ३४ लाख रुपैयाँ चोरी गर्ने ४ जनालाई पक्राउ गरेको हो ।

उनीहरूमध्ये ३ जनालाई नेपालबाट र १ लाई भारतबाट पक्राउ गरिएको हो । उनीहरूले सोमबार बिहान बैंकको पैसा राख्ने स्टिलको दराज (भल्ट) फोडेर पैसा चोरेका हुन् ।

प्रहरीले सीसीटिभी फुटेजका आधारमा पक्राउ गरेको जनाएको छ । उनीहरूले सुन गाल्ने केमिकल प्रयोग गरि भल्ट फुटाएका थिए भने गेटमा नयाँ लगाइदिएका थिए ।

उनीहरूले बिरगंजकै एक होटल बुक गरि बसेर बैंक फोडेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ पर्नेहरूमा छोटेलाल जैसवाल, सञ्जय जैसवाल र भारतीय नागरिक मन्टु पासवान रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *