आगलागीमा संलग्न १२ जनाविरुद्ध मुद्दा

आगलागीमा संलग्न भएको आरोपमा प्रहरीले ३८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये केहीलाई मुद्दा चलाइएको छ भने केहीलाई सामान्य सोधपुछपछि सचेत गराएर छोडिएको छ ।

विभिन्न जिल्लाका विभिन्न वनमा आगलागी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । प्युठानमा ६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । गुल्मीमा २ जना, काभ्रेमा २ जना, अर्घाखाँचीमा १ जनालाई मुद्दा चलाइएको छ ।
रामेछापमा पक्राउ परेका १ जनालाई मुद्दा चलाउने प्रक्रिया सुरु भएको छ । दोलखामा २ जना पक्राउ परेकोमा १ जनालाई मुद्दा चलाइएको छ ।
यसै गरी पाल्पामा १८ जनालाई सामान्य सोधपुछ गरी सचेत गराएर छोडिएको छ भने बागलुङमा ६ जनालाई नियन्त्रणमा लिइएकोमा सबै नाबालक भएकोले सचेत बनाएर छोडिएको छ ।

डोटी, सङ्खुवासभा, सुर्खेत, खोटाङ लगायतका जिल्लामा आगलागीमा संलग्नलाई पहिचान गर्न प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर