वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल, टोलीमा ४ परिवर्तन

वेस्ट इन्डिज ‘ए’ विरुद्ध तेस्रो टि–२० खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नियमित कप्तान रोहित पौडेललाई विश्राम दिइएकाले नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन्् । नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । कप्तान रोहितसँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द बेन्चमा छन् । करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी टिममा आएका छन् ।

वेस्ट इन्डिजले ओसेन थोमस बाहिर राख्दै अलराउन्डर फाबियन एलनलाई टोलीमा राखेको छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित हासिल गरेको थियो ।

नेपाली टोलीमा अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी छन् ।

वेस्ट इन्डिज ‘ए’ टोलीमा रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, र हेडन वाल्स छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर