एनसिबी कन्फरेन्समा सहभागी भई स्वदेश फर्के आईजीपी कुँवर

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ सम्म सञ्चालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्किएका छन् ।

हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारीबीच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो ।

साथै सदस्य राष्ट्रहरूबीच अपराधीको विवरण आदानप्रदान, बालबालिकाको सुरक्षा, तथ्यांक सुरक्षाका एजेन्डामा छलफल तथा सहमति भएको थियो ।

एनसिबी नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता वृद्धि एवम् पारस्परिक सहयोग आदान प्रदानका विषयहरूमा मित्रराष्ट्रहरू भारत, चीन र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय छलफल समेत गरेका थिए ।

प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० मा त्यसतर्फ प्रस्थान गरेका थिए । कन्फरेन्समा प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह पनि सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *