इन्डोनेसियन प्रहरीका अधिकारी नेपालमा

इन्डोनेसियन प्रहरीको हेड अफ इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख आईजीपी कृष्ण मूर्ति नेपाल भ्रमणमा आएका छन् । ६ सदस्यीय टोलीसहित उनी ५ दिने भ्रमणमा आएका छन् ।

उनले नेपाल प्रहरीका उच्च अधिकारीसँग भेट तथा प्रहरीका विभिन्न कार्यक्रममा सहभागी हुने तालिका छ ।

टोलीले प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालिम केन्द्रहरूको पनि अवलोकन गर्नेछ । यस्तै, संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा पनि छलफल गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर