कृषि, पर्यटन र व्यापारमा सहकार्य बढाउन नेपाल र भियतनामबीच छलफल

नेपाल र भियतनामबीच कृषि, पर्यटन र व्यापार जस्ता प्रमुख क्षेत्रहरुमा सहकार्य बढाउन छलफल भएको छ । नेपालका लागि भियतनामका राजदूत गुएन थान हाई र भियतनामका लागि नेपालका अवैतनिक वाणिज्यदूत डा. राजेशकाजी श्रेष्ठलगायतबीच छलफल भएको थियो ।

कार्यक्रममा नेपाल–भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दीपककुमार मल्होत्रालगायत प्रतिनिधि सहभागी थिए । बैठकमा आपसी सहयोग बढाउन विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार बुद्धको जन्मस्थल लुम्बिनीमा भियतनामी पर्यटक आगमनमा जोड दिने गरी पर्यटन प्रवद्र्धन गरिनेछ ।

नेपालको कृषि विकासमा सहयोग गर्न भियतनामको विशेषज्ञताको सदुपयोग, खाद्य सुरक्षा अभिवृद्धि र आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने उद्देश्यले भियतनामको सहयोगमा नेपालमा खाद्य प्रशोधन परियोजनाको शुभारम्भ गर्ने सम्झौता भएको छ । दुई देशबीचको सीधा हवाई सेवा र भियतनाममा अन्तर्राष्ट्रिय ट्रान्जिट उडानहरूलाई सहज बनाउन र लगानीका अवसरहरू बढाउने जस्ता पहलहरूबारे छलफल भएको छ ।

यी पहलहरूबारे थप छलफल गर्न र दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धको ५०औँ वार्षिकोत्सव मनाउन नेपाली प्रतिनिधिमण्डलले अगस्ट २०२४ मा भियतनामको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर