जोनसनको शतकमा नेपाललाई वेस्ट इन्डिज ‘ए’ को विशाल लक्ष्य

वेस्ट इन्डिज ‘ए’ ले तेस्रो टि–२० खेलमा नेपाललाई २ सय २८ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको हो ।

वेस्ट इन्डिज ‘ए’ का लागि जोनसन चाल्र्सले शतक प्रहार गरे । उनले नटआउट १ सय १९ रन बनाए । एलिक अथान्जेले १७, आन्द्रे फ्लेचर ५३, फाबिएन एलेनले १९ र किमो पलले १३ रन बनाए ।

नेपालका लागि करन केसीले १ र सागर ढकालले १ विकेट लिए ।

नियमित कप्तान रोहित पौडेललाई विश्राम दिइएकाले नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गरेका छन् । नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । कप्तान रोहितसँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द बेन्चमा छन् । करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी टिममा आएका छन् ।

वेस्ट इन्डिजले ओसेन थोमस बाहिर राख्दै अलराउन्डर फाबियन एलनलाई टोलीमा राखेको छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित हासिल गरेको थियो ।

नेपाली टोलीमा अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी छन् ।

वेस्ट इन्डिज ‘ए’ टोलीमा रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, र हेडन वाल्स छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर