सुनको मूल्य तोलामा २ हजारले बढ्यो

बुधबार तोलामा २७ सयले घटेको सुन बिहीबार भने २ हजारले बढेको छ ।

बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६३० रुपैयाँ रहेको चाँदी आज १ हजार ६४५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *