वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल

वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौंथो टि–२० खेलमा नेपालले टस हारेर पहिले बलिङ थालेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आगामी महिना हुने टि–२० विश्वकपमा सहभागी हुने खेलाडीबाट आजको टोली तयार गरेको छ ।

आजको टोलीमा आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी छन् ।

यस्तै, वेस्ट इन्डिज ‘ए’ टोलीमा रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्स छन् ।

सिरिजमा हाल वेस्ट इन्डिज २–१ ले अगाडि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *