कोशीका मुख्यमन्त्रीलाई प्रदेशसभाको विशेषाधिकार हननमा कारबाहीको चेतावनी

प्रदेशसभाको विशेषाधिकार हनन गरेको आरोपमा कोशीका मुख्यमन्त्री केदार कार्कीलाई कारबाही गर्ने चेतावनी सत्तारूढ गठबन्धनका नेताले दिएका छन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश सभाले पास गरेको संकल्प प्रस्तावबारे राय दिनु र विरोधमा बोल्नु संविधानको धारा १८७ (२) विपरीत भएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले दाबी गरेका हुन् । बुधबार विराटनगरमा सञ्चारकर्मीसँग बोल्दै उनले यदि संकल्प प्रस्तावको बारेमा आपत्ति अदालत जान सकिने बताए ।

कोशीमा अहिले कांग्रेसका कार्की मुख्यमन्त्री छन् । उनको सरकारबाट माओवादी, एमाले बाहिरिए पनि कार्की भने आफू संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेकाले समर्थन फिर्ता हुन नसक्ने भएकाले विश्वासको मत नलिने अडान छन् ।

कार्कीलाई पदबाट हटाउन एमाले, माओवादीको गठबन्धनले प्रदेशसभामा संकल्प प्रस्ताव दायर गरेको थियो । उक्त प्रस्ताव पारित गर्दै सभाले यही वैशाख ७ मा मुख्यमन्त्री कार्कीलाई २५ वैशाखभित्र विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिएको छ ।

तर, मुख्यमन्त्री कार्कीले भने संकल्प प्रस्तावको आधारमा आफ्नो सरकार हटाउन नमिल्ने भन्दै प्रमुख प्रमुखलाई पत्र पठाएका छन् ।

एमाले नेता भण्डारीले संकल्प प्रस्तावविरुद्ध राय दिनु प्रदेश सभाको विशेष अधिकारको हनन भएको दाबी गरे । ‘संकल्प प्रस्ताव गलत लाग्छ भने अदालत जान पाइन्छ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर