नबिल बैंकबाट रकम लुट्ने तीन जना भारतको मोतीहारीबाट पक्राउ

वीरगन्जको ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखाको रकम चोरीको आरोपमा तीन जना पक्राउ परेका छन् । उनीहरुलाई भारत बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा झरोखर थाना क्षेत्रका मन्टु कुमार, अर्जुन कुमार र दरपा थाना क्षेत्रकी सबिता देवी छन् । मोतीहारी जिल्लाको दरपा थाना क्षेत्र अन्तर्गत तिनकोनी गाउँबाट १८ लाखभन्दा बढी नेपाली रुपैयाँ तथा चोरीमा प्रयोग गरिने विभिन्न उपकरण समेत बरामद भएको छ ।

यस्तै, एकथान घरेलु हतियार नलकटुवा, दुईथान गोली, लुटपाटको रकमबाट खरिद गरिएको एउटा सुनको औँठी, मोटरसाइकल र दुई थान मोबाइल, ड्रिल मेसिन, सिसिटीभि क्यामरा १ थान, सोल्डिङ मेसिन १ थान भारतीय प्रहरीले बरामद गरेको छ ।

भारतीय प्रहरीसँगको बयानमा उनीहरुले नबिल बैंकको रकम लुटेको स्वीकारेका थिए । गत सोमबार वीरगन्जस्थित नबिल बैंकको शाखाबाट १ करोडभन्दा बढी रकम लुटपाट भएको थियो ।

उनीहरुले भारतीय बजार ढाकामा दुईवटा पसलमा लुटेको आरोपमा पनि पक्राउ परेका हुन् । उनीहरुले केही दिनअघि एकजना हुन्डी कारोबारीको ४० लाख रुपैयाँ लुटेको समेत स्वीकारेका छन् । भारतीय प्रहरीले वीरगन्जका सुरक्षा अधिकारीलाई बोलाएर उनीहरुको पहिचानसमेत गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *