यी ६ बैंकलाई राष्ट्र बैंकको कारबाही

राष्ट्र बैंकले विभिन्न ६ बैंकलाई कारबाही गरेको छ । प्राइम कमर्सियल, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।

पुँजी कोषसम्बन्धी व्यवस्था पालना नगरेको उल्लेख गर्दै राष्ट्र बैंकले प्राइम बैंकका सीईओलाई नसिहत दिनुका साथै सञ्चालक समितिलाई सचेत गराएको छ ।

राष्ट्र बैंकले कुमारी बैंकका सीईओ र सञ्चालकलाई पनि सचेत गराएको छ । पुँजीकोषको प्रावधान विपरीत गएर सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कार्यसम्पादन नै नभई सिइओलाई पारिश्रमिक दिएको भन्दै सचेत गराइएको हो ।

कुमारी बैंकले ‘बैंक–वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलब भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन’को व्यवस्था विपरीत तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता तथा सुविधा दिने गरी करार सम्झौता गरेको थियो ।

यस्तै, कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख भुक्तानी दिएको थियो ।

यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकका सिइओलाई समेत सचेत गराएको छ। चालु वर्षको तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले प्रतितपत्रअन्तर्गत दिएको कर्जालाई बारम्बार अवधि थपिदिएको, कर्जाको आधार दर गणना गर्दा समाजिक उत्तरदायित्व अन्तर्गतको खर्च जोडेको र जोखिम भारित सम्पत्तिलाई कम देखाई पुँजीकोष गणना गरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ ।

ऋणीलाई प्रवाह गरेको रकम आफ्नो खातामा हालेर दुरुपयोग गरेको लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्र कुमार खेतानलाई १० लाख जरिवाना गरिएको छ । उनले लक्ष्मी बैंका ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रूपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रूपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *