भालुलाई हानेको गोली लागी सेनाका प्युठ घाइते

चितवन राष्ट्रिय निकुञ्ज तैनाथ नेपाली सेनाका प्यूठ गोली लागेर घाइते भएका छन् । नयाँ गोरख गणमा कार्यरत कुन्दन सिंह घाइते भएका हुन् ।

निकुञ्जमा तैनाथ सैनिक हवल्दार ४० वर्षीय लक्ष्मणकुमार थापालाई आज बिहान भालुले आक्रमण गरेको थियो । उनलाई बचाउन निकुञ्जको गस्ती टोलीले भालुलाई गोली हानेको थियो ।

उक्त गोली प्यूठ सिंहलाई लागेको हो । उनको दाहिने घुँडा मुनी गोली लागेको चितवन प्रहरीले जनाएको छ । भरतपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि दुवै जनालाई छाउनी अस्पताल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *